२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । संसदीय समितिले १० देशका राजदूतका लागि सिफारिस नाम अनुमोदन गरेको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले भारत, चीन लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गरेको हो।
समितिबाट राजदूतका लागि अनुमोदित नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी छन् । त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा. पद्माक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झा रहेका छन् ।
असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij