Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

चामल जफतपछि कृष्णनगरमा व्यापारीको आत्मदाह प्रयास

चामल जफतपछि कृष्णनगरमा व्यापारीको आत्मदाह प्रयास


  • 127
    Shares

    चामल जफतपछि कृष्णनगरमा व्यापारीको आत्मदाह प्रयास
    images

     काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडमा अनुगमनको क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन् ।

    लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले ती व्यवसायीको चामल बोकेको पिकअपमा आवश्यक कागजपत्र नभेटेको र आवश्यक कारबाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको स्थानीयले बताएका छन् ।

    शरीरभरी मट्टितेल छर्केर आगो लगाउन थालेको बेला प्रहरीले तत्काल जोगाएपछि बेहोस भएका अग्रहरीलाई उपचारका लागि तौलिहवा अस्पताल हुँदै रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज लगिएको छ ।

    अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिल बिजक हुँदाहुँदै चामल नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीले प्रहरीको चेकजाँचमा परेका व्यवसायीले मट्टितेल छर्केर शरीरमा आगो लगाउन खोजेको तर प्रहरी र स्थानीयले जोगाएर उपचारका लागि पठाएको नेपाल प्रेसलाई बताए ।

    ‘प्रहरीले चेकजाँच गरेको हो, पूरै विषय आएको छैन तर उनी आवेश आएर मट्टितेल छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नै जोगाएको हो । स्थानीय पनि सँगै छन्, शरीरमा आगो लागेको छैन तर मट्टितेलले असर गरेपछि हाम्रो टोलीले भैरहवाको मेडिकल कलेजमा उपचारका लागि लगेको छ’, उनले भने ।

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - १५:३१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij