Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन

देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन


  • 414
    Shares

    देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि तराईको मौसम मुख्यतया सफा रहेको जनाएको छ।

    विभागकी मौसमविद् निशा निरौलाले बुधबारको मौसम पूर्वानुमानबारे जानकारी दिँदै देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने बताएकी हुन्।

    पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा देशका दुई स्थानमा मात्र सामान्य वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको नोस्याम्पाटी मौसम मापन केन्द्रमा १.८ मिलिमिटर र चन्द्रगढी मौसम मापन केन्द्रमा ०.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। देशका अन्य बाँकी भूभागमा भने वर्षा मापन भएको छैन।

    आगामी २४ घण्टाको पूर्वानुमान गर्दै मौसमविद् निरौलाले दिउँसोको समयमा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थान अर्थात् १० प्रतिशत क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जानकारी दिएकी छन्। ती बाहेकका अन्य भूभागमा भने मौसम मुख्यतया सफा नै रहनेछ।

    रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ। अन्य स्थानमा भने मौसम सफा रहने र पानी पर्ने सम्भावना निकै कम छ। आगामी २४ घण्टाका लागि विभागले चेतावनी नक्सामा हरियो रङ प्रयोग गरेको र देशभरका लागि कुनै पनि विशेष चेतावनी जारी नभएको निरौलाले प्रस्ट पारेकी छन्।

    आधिकारिक जानकारीबिना भ्रममा नपर्न आग्रह गर्दै उनले मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको वेबसाइट र सामाजिक सञ्जाल नियमित हेर्न सुझाव दिएकी छन्।

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - १२:५२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij