२०८३ आश्विन २६ गते सोमवार
१. यु–१८ फुटबलमा बागमती र मधेशको टोली च्याम्पियन
वागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेण्डरी स्कुल एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमवार भएको फाइनलमा मनकामना ब्वाइजतर्पm र मधेश गल्र्सतर्पm च्याम्पियन भएको हो । देशभरबाट कुल ३२७ वटा विद्यालयले जिल्ला र प्रदेशमा छनोट हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।
२. भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी साझेदारीतर्फ लैजाने प्रश्तावित राजदुत पाण्डेको प्रतिवद्धता
भारतका लागि प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई केवल भावनात्मक निकटतामा सिमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीतर्फ रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कुटनीतिक जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको हो ।
३. भारतका लागि प्रश्तावित राजदुतलाई रास्वपा सांसदहरुको प्रश्नः तपाईं ‘नेपो बेबी’ हो की होइन ?
भारतका लागि प्रश्तावित राजदुत डा.निश्चलनाथ पाण्डेमाथि संसदीय सुनुवाई समितिमा पारिवारिक राजनीतिक प्रभाव (नेपो बेबी) को आरोप र वर्षौंदेखि नेपालमा थन्किएका प्रतिवन्धित भारतीय नोट सटहीको एजेण्डालाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रश्न उठाएका छन् । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रश्तावित राजदुतको कुटनीतिक दक्षता, स्वार्थको द्वन्द्व र दिल्लीसँगका पेचिला आर्थिक–सामरिक विषयमा स्पष्ट कार्ययोजना माग गर्दै ¥याख¥याख्ती पारेका हुन् ।
४. भारतका लागि प्रश्तावित राजदुत पाण्डेलाई एमाले सांसदहरूको प्रश्नः सीमा, इपिजी र व्यापार अवरोध सुल्झाउने ठोस योजना के छ ?
भारतका निम्ति प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेलाई संसदीय सुनुवाई समितिमा नेकपा एमाले सांसदहरूले सीमा विवाद, इपिजी प्रतिवेदनको भविष्य र चुलिँदो व्यापार घाटा समाधानका ठोस उपायबारे प्रश्न गरेका छन् । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा कार्ययोजना पेश गर्नुभएका प्रश्तावित राजदुत पाण्डेलाई सांसदहरूले विगतमा जस्तो कुटनीतिक नोट जारी गर्ने परम्परागत शैलीबाट बाहिर निस्केर नतिजामुखी कुटनीति देखाउन ध्यानाकर्षण गराएका हुन् । बैठकमा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले नेपाल–भारत सम्बन्धका पेचिला र ऐतिहासिक मुद्दाहरू उठाए ।
५. भारतका लागि प्रश्तावित राजदुत पाण्डेको कार्ययोजनामा जलविद्युत र हवाई मार्ग प्राथमिकतामा राख्न सांसद पुनको सुझाव
नेपालका लागि भारतका प्रश्तावित राजदुत निश्चलनाथ पाण्डेले पेश गर्नुभएको कार्ययोजनामाथि छलफल गर्दै सांसद वर्षमान पुनले नेपाल–भारत सम्बन्धका जटिलता चिर्दै आर्थिक लाभ लिने क्षेत्रहरूमा प्राथमिकताका साथ काम गर्न सुझाव दिनुभएको छ । सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा पुनले जलविद्युत व्यापार, थप हवाई प्रवेश विन्दु र प्रविधि हस्तान्तरणका विषयलाई कुटनीतिक एजेण्डाको केन्द्रमा राख्न जोड दिनुभएको हो ।
६. बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
संयुक्त अधिराज्य (बेलायत) का लागि प्रश्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहनुभएका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गर्नुभएको हो ।
७. बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरूको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमवार भारत प्रस्थान गरेको हो ।
८. प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’
प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४ औं समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ । सोमवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको बताउनुभएको हो ।
९.प्रहरी निरीक्षक आधारभुत तालिम सम्पन्नः ८ महिलासहित ७९ नवअधिकृत कार्यक्षेत्रमा परिचालित
काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा ३४० कार्यदिन लामो आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आठ महिलासहित ७९ जना नवप्रवेशी प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । सोमवार आयोजित १८४ औँ समूहको दीक्षान्त कवाज समारोहसँगै उनीहरू नागरिक सेवा र शान्ति सुरक्षाको औपचारिक जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा परिचालित भएका हुन् ।
११. प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग
जापानका लागि प्रश्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी दर्ता गरिएको छ । जापानमै बसोवास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको, घरसम्पती भएका कारण स्वार्थको द्वन्द्व हुने र राजनीतिक प्रभावका आधारमा सिफारिस गरिएको दाबीसहित उहाँको नाम अनुमोदन नगर्न माग गर्नुभएको हो ।
१२. नेपाल–भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेनः सांसद आनन्दप्रसाद ढुंगाना
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन नसकेको बताउनुभएको छ ।सोमवार संसदीय सुनुवाई समितिको बैठकमा भारतका लागि प्रश्तावित राजदुत निश्चलनाथ पाण्डेसँगको छलफलका क्रममा सांसद ढुंगानाले दुई देशबीचका थाँती रहेका मुद्दाहरू प्रभावकारी कुटनीतिमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।
१३. नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्छुः प्रश्तावित राजदुत शर्मा
जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदुतमा प्रश्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र दुई देशबीचको आर्थिक कुटनीतिलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले व्यापार घाटा न्युनिकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने आफ्नो मुख्य कार्ययोजना प्रश्तुत गर्नुभएको हो । प्रश्तावित राजदुत शर्माले अवरुद्ध तातोपानी नाका सुचारु गर्न तत्काल कुटनीतिक संवाद आवश्यक रहेको र कोरला नाकाको क्षमता अभिवृद्धि गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनु भयो ।
१४. नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताउनुभएको छ । रोल..
सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
१५. चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनिकरण प्राथमिकताः प्रश्तावित राजदुत शर्मा
चीनका लागि प्रश्तावित नेपाली राजदुत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनुभएको छ । सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै शर्माले आर्थिक तथा विकास कुटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । शर्माले नेपालको परराष्ट्र नीतिले आर्थिक कुटनीतिलाई जोड दिएको स्मरण गराउँदै दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने बताउनु भयो ।
१६. अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ?
संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत चिरनजंग थापाको संसदीय सुनुवाई प्रक्रियामा सांसदहरूले उहाँको कार्ययोजना, कुटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन् । सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले प्रश्तावित राजदुतको अनुभवको प्रशंसा गर्दै अमेरिका जस्तो विश्वशक्तिको सामना गर्दा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन् ।
१७. अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित नेपाली राजदुत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमवार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै थापाले नेपालको राष्ट्रिय हित र कुटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताउनुभएको हो । थापाले अमेरिकामा कन्सुलर सेवाको भारलाई व्यवस्थापन गर्न नविनतम उपाय अपनाउने योजना सुनाउनु भयो ।
१८. अमेरिकाका लागि प्रश्तावित राजदुत चिरनजंग थापाद्वारा ‘आर्थिक कुटनीति’लाई प्राथमिकतामा राख्ने प्रतिवद्धता
संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रश्तावित राजदुत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कुटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमवार संसदीय सुनुवाई समितिसमक्ष आफ्नो कार्यकालका लागि कुटनीतिक कार्ययोजना प्रश्तुत गर्दै यस्तो प्रतिवद्धता जनाउनुभएको हो । थापाले नेपालको परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न आर्थिक कुटनीतिलाई प्रमुख औजारका रूपमा प्रयोग गर्ने बताउनु भयो ।
१९. ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’ः प्रश्तावित राजदुत पाण्डे
भारतका लागि प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपालको कुटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पार्नुभएको छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्ययोजना प्रश्तुत गर्दै उहाँले सिङ्गो दक्षिण एशिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कुटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दाबी गर्नुभएको हो । संसदीय सुनुवाई समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा. पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौमिक कुटनीति कहिल्यै असफल नभएको बताउनु भयो ।
२०. इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्र्याप–कार ¥याली’ः ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी
उत्तर–पूर्वी इस्टोनियास्थित एउटा खानीको फोहोर थुपारिएको डाँडामा पुराना तथा कवाडी गाडीहरूको अनौठो र रोमाञ्चक मोटरस्पोट्र्स सम्पन्न भएको छ । स्थानीय भाषामा ‘रोमुराल्ली’ (स्क्र्याप–कार ¥याली) भनिने यस प्रतियोगितामा इन्जिनको चर्को गर्जन र गाडीहरू एकापसमा ठोक्किँदा निस्किएको आवाजबीच ७० वटा पुराना सवारीसाधनले प्रतिष्पर्धा गरेका छन् । इस्टोनिया एलामुस्पार्क (अनुभव पार्क) को ६०० मिटर लामो ट्रयाकमा आयोजित यस ¥यालीले परम्परागत रेसिङ र साहसिक स्टन्टलाई एकसाथ प्रश्तुत गरेको थियो ।
२१. ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै
चिनियाँ कम्युनिस्ट क्रान्तिको इतिहासमा महत्वपूर्ण मोड मानिएको दक्षिण–पश्चिमी प्रान्त गुइझोउस्थित जुनयी शहरले आफ्नो क्रान्तिकारी विरासतलाई आत्मसात गर्दै तिब्र गतिको आधुनिकीकरण र आर्थिक समृद्धिको मार्ग पछ्याइरहेको छ । सन् १९३५ मा भएको ऐतिहासिक ‘जुनयी बैठक’का कारण ‘ऐतिहासिक मोडको शहर’ भनेर चिनिने यस क्षेत्रले सन् २०२६ मा लङ मार्च विजयको ९० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा इतिहास संरक्षण र जनजीविका सुधारका आधुनिक प्रयासहरूलाई सँगसँगै अघि बढाएको छ । चीनको आधुनिक राजनीतिक इतिहासमा जुनयी बैठकलाई लङ मार्च र चिनियाँ क्रान्तिको दिशा बदल्ने निर्णायक मोडका रूपमा लिइन्छ ।
२२. गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा सातजना प्यालेस्टाइनीको मृत्यु भएको छ । ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । शनिवार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । उक्त स्थानमा रेस्टुरेन्ट, पसल र विस्थापितहरूको आश्रयस्थल रहेकाले हताहतीको संख्या बढी भएको स्थानीय स्रोतले जानकारी दिएको छ । अल–शिफा मेडिकल कम्प्लेक्सका अनुसार आक्रमणमा परेका अन्य छजना घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ ।
२४. गाजामा युद्धको तीन वर्षः एथेन्समा हजारौंको ऐक्यवद्धता ¥याली
गाजामा इजरायली सैन्य कारबाही शुरु भएको तीन वर्ष पूरा भएको अवसरमा शनिवार ग्रीसको राजधानी एथेन्ससहितका विभिन्न सहरमा हजारौं प्रदर्शनकारीले विशाल प्रदर्शन गरेका छन् । विश्वभर आयोजना गरिएको ऐक्यवद्धता दिवसको हिस्साका रूपमा आयोजित उक्त विरोध प्रदर्शनमा विभिन्न ट्रेड युनियन, विद्यार्थी संगठन, राजनीतिक दल र आप्रवासी समुदायको सहभागिता रहेको थियो । एथेन्सको मध्यभागमा भेला भएका प्रदर्शनकारीहरूले इजरायल र संयुक्त राज्य अमेरिकाको दूतावाससम्म मार्च गर्दै युद्ध अन्त्यको माग गरेका थिए ।
२५. ८० प्रतिशत नागरिकले मानसिक स्वास्थ्य उपचार पाउन सकेका छैनन्ः महानिर्देशक पौडेल
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका ८० प्रतिशत नागरिकले उपचार सेवा पाउन नसकेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले २० प्रतिशत नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा पाउने गरेको बताउनुभएको हो । नेपालका १० प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको उहाँले बताउनु भयो ।
२६. एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताउनुभएको छ । पार्टी कार्यलय च्यासलमा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीमाथी भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगत केही वर्ष अगाडीदेखी नै एमालेमाथी घेराबन्दी हुँदै आएको बताउनु भयो । आगामी निर्वाचनमा पनि एमालको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने बताउनु भयो । एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उहाँको आरोप छ ।
२७. गगनसँग सभापतिमा चुनाव लडेका खड्गी भन्छन्– ‘अब एकजुट भएर आगामी निर्वाचनको तयारीमा लागौँ’
नेपाली काँग्रेसका नेता तथा १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेका श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक निर्वाचन सकिएसँगै गुट–उपगुट अन्त्य गरी मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमवार पत्रकार सम्मेलन गरी उहाँले महाधिवेशनपछि अब सबै एकजुट हुनुपर्ने बताउनुभएको हो । उहाँले अब आन्तरिक निर्वाचन सकिएकोले एकजुट भएर अगामी निर्वाचनमा पार्टीलाई जिताउने तयारीमा लाग्नुपर्ने बताउनु भयो ।
२८. मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण सरकारको प्राथमिकतामाः स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको ‘मानसिक स्वास्थ्यको नीतिगत सवाल र कार्यन्वयनका अवस्थासम्बन्धी’ अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिनुभयो । सोही अवधारणका आधारमा ऐन निर्माणको काम अगाडि बढाइने उहाँले बताउनु भयो । मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउँदै नागरिकको गुणस्तरीय सेवामा पहुँच सुनिश्चित गर्न कानूनी आधार अपरिहार्य देखिएको उहाँको भनाई छ ।
२९. जलवायुजन्य विपद् जोखिम न्युनिकरणका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
३०. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सिमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नुपग्ने बताउनु भयो ।
३१. राजेन्द्र पाडेको आपत्ति– पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij