Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा


  • 155
    Shares

    बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा
    images

    काठमाडौं । हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सामसङ नेपालले एक विशेष मर्मत सेवा अभियान (स्पेसिसल रिपेयर सर्भिस इनिसिएटिभ) को घोषणा गरेको छ।

    बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने हेतुले यो अभियान ल्याइएको सामसङ नेपालले जनाएको छ।

    अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन रहने यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र काठमाडौँको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ।

    यी स्थानहरूलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ।

    योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सर्भिस क्याम्पमा लैजान सक्नेछन्। त्यसैगरी घरायसी सामानहरू (कन्ज्युमर इलेक्ट्रोनिक्स) का लागि भने घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको छ।

    यो विशेष सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँलगायत वरपरका जिल्लाहरूका लागि लक्षित गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरूसँगै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरूलाई समावेश गरिएको छ।

    यस अभियानअन्तर्गत प्रदान गरिने छुट तथा सुविधाहरू सामानको उमेर र वारेन्टीको आधारमा तय गरिएको छ। घरायसी सामान र मोबाइल उपकरण दुवैका हकमा वारेन्टी बाँकी रहेका सामानहरूको मर्मत तथा नयाँ फेर्नुपरेमा १०० प्रतिशत नै छुटको व्यवस्था गरिएको छ। यस्तै, १ देखि २ वर्षसम्म पुराना सामानहरूमा ८० प्रतिशत छुट उपलब्ध गराइनेछ।

    घरायसी सामानको हकमा २ देखि ५ वर्ष वा सोभन्दा पुराना र मोबाइल उपकरणको हकमा २ देखि ४ वर्ष पुराना सामानहरूमा ७० प्रतिशतसम्म छुट तथा नयाँ फेर्न परेमा सहयोग प्रदान गरिनेछ।

    यसैगरी, यदि कुनै सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा समेत विचार गर्न सकिने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १३:५१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij