Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

सुदूरपश्चिम बजेट विवाद : भोलिलाई सर्‍यो सदन

सुदूरपश्चिम बजेट विवाद : भोलिलाई सर्‍यो सदन


  • 554
    Shares

    सुदूरपश्चिम बजेट विवाद : भोलिलाई सर्‍यो सदन
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएको छ।

    बजेटप्रति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाउँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

    प्रदेशसभा सचिवालयले आज बिहान ८ बजेका लागि बोलाएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारेको जनाएको छ।

    सरकारले प्रस्तुत गरेको बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि बढेको स्रोतको दाबी छ। केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको स्रोतहरूले बताएका छन्।

    आजै बजेट पारित गर्ने तयारीसहित प्रदेशसभा बैठक बोलाइएको थियो। तर, सत्तारुढ दलकै सांसदहरूले बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि सरकारलाई बजेट पारित गराउन कठिनाइ हुने देखिएको छ। यही परिस्थितिका कारण बैठक स्थगित गरिएको स्रोतको भनाइ छ।

    बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोपसमेत लागेको छ। बजेट निर्माण प्रक्रियामा पर्याप्त छलफल नगरी सीमित व्यक्तिले निर्णय गरेको भन्दै सत्तारुढ पक्षकै सांसदहरू असन्तुष्ट बनेका हुन्।

    बजेट विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्रीहरूसँगको छलफलमा बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्ने र प्रदेशसभाबाट बजेट पारित गराउने विषयमा कुराकानी हुने बताइएको छ।

    सत्तारुढ दलभित्रको विवाद समाधान नभए बजेट पारित गर्ने प्रक्रिया लम्बिने देखिएको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १२:०५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij