Logo

२०८३ आश्विन २५ गते आइतवार

२०८३ आश्विन २५ गते आइतवार

क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक


  • 414
    Shares

    क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक
    images

    काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा विरुद्धको खेलमा शतक बनाएका छन् ।

    ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भइरहेको खेलमा रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र १ छक्का प्रहार गरेका छन् ।

    यो उनको ओडीआई करियरको तेस्रो शतक हो । उनले १२ अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर १२६ रहेको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४७औं ओभर चलिरहँदा ५ विकेट गुमाएर २०५ रन बनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - १४:२९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij