Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

प्रहरीको फरार सूचीमा रहेको व्यक्तिबाटै फेरी युवकको हत्या

प्रहरीको फरार सूचीमा रहेको व्यक्तिबाटै फेरी युवकको हत्या


  • 386
    Shares

    प्रहरीको फरार सूचीमा रहेको व्यक्तिबाटै फेरी युवकको हत्या
    images

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–५ जानकी मन्दिर छेउको रहिमपथमा बिहीबार छुरा प्रहारबाट एक युवकको हत्या भयो । साँझ करिब सवा ९ बजे भएको उक्त घटनामा अर्का एक जना गम्भीर भए ।

    २२ वर्षीय स्थानीय मोहम्मद इर्साद खानले छुरा प्रहार गर्दा जनकपुर सोनारपट्टी, दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको मृत्यु भएको र २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

    इर्सादले दुवै जनाको छाती र पेटमा धारिलो छुरा प्रहार गरेका थिए । प्रहरीले छुरा प्रहार गर्ने इर्सादलाई पक्राउ गरिसकेको छ ।

    इर्साद यसअघि नै ज्यान मार्ने उद्योगका अभियुक्त रहेको प्रहरीले जनाएको छ । २०८२ फागुन ३ गते जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि उनले खुकुरी प्रहार गरेका थिए ।

    बकर इदको दिन इर्सादले मुस्तफालाई घरमा बोलाएर पसलमा लगी घाँटीमा कुखुरी राखेर काट्ने धम्की दिएका थिए । त्यहाँ अन्य युवा पनि थिए । त्यहाँबाट मुस्तफा भाग्न थालेपछि पछाडिबाट लखेट्दै इर्सादले खुकुरी प्रहार गरेका थिए । त्यस क्रममा बायाँ हातमा खुकुरी लागेर मुस्तफा घाइते भएका थिए ।

    छुरा प्रहार गर्ने इर्साद टिकटकरसमेत हुन् । उनले टिकटकमा ‘गुण्डा’ र फेसबुकमा एमडी इर्साद खान नामको एकाउन्ट खोलेका छन् । उनले अर्को समुदायलाई लक्षित गरी घृणा, हिंसा, गालीगलोज गर्ने जस्ता अपराध प्रोत्साहन गर्ने गरी दर्जनौं भिडियोहरू बनाएका छन् । उनलाई पक्राउ गरेर कानुनी कारबाही गर्न पहिलेदेखि नै माग उठिरहेको थियो ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - १४:१९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij