Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

शिक्षकलाई सवारी खरिदमा सहुलियत दिने, यस्तो छ व्यवस्था

शिक्षकलाई सवारी खरिदमा सहुलियत दिने, यस्तो छ व्यवस्था


  • 435
    Shares

    शिक्षकलाई सवारी खरिदमा सहुलियत दिने, यस्तो छ व्यवस्था
    images

    शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

    प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्।

    त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु. ४ लाखसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

    सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ।

    शिक्षकले बाँकी २० प्रतिशत रकम आफैँ व्यवस्थापन गरी सवारीसाधन खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैँकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - १३:१३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij