Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

पोलिटब्युरो सहितका कमिटीलाई पूर्णता दिँदै एमाले

पोलिटब्युरो सहितका कमिटीलाई पूर्णता दिँदै एमाले


  • 253
    Shares

    पोलिटब्युरो सहितका कमिटीलाई पूर्णता दिँदै एमाले
    images

    काठमाडौं ।  नेकपा एमालेको आज शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ ।

    पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफलपछि निर्णय गर्ने तयारी रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार विभिन्न पार्टी कमिटीसहित सङ्गठनहरूलाई पूर्णता दिने बैठकको एजेन्डा छ । 

    त्यसअन्तर्गत विभागहरूको पूर्णता, सल्लाहकार परिषद्, जेष्ट कम्युनिस्ट मञ्च, पोलिटब्युरो, स्थायी कमिटीको पूर्णता र बाँकी केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्न बाँकी रहेको छ । गत पुसमा ११ औं महाधिवेशन गरेको नेकपा एमालेले अहिले सम्म धेरैजसो कमिटीहरूलाई पूर्णता दिन सकेको थिएन । हिजो बसेको बैठकले अगामी मंसिरमा राष्ट्रिय भेला, वडा तथा गाउँपालिकाहरुको अधिवेशन मिति तोकेको थियो ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - ११:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij