Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

पोखरा स्कुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पोखरा स्कुल बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो


  • 442
    Shares

    पोखरा स्कुल बस दुर्घटना अपडेट :  मृत्यु हुनेको संख्या ५ पुग्यो
    images

    काठमाडौं ।  पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । 

    उनका अनुसार, अरूको उपचार भइरहेको छ । मृत्यु भैसकेकाहरुको पनि पहिचान भैसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उनले बताए । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो । 

    दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - १०:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij