Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन गर्ने गरेको खुलासा

बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन गर्ने गरेको खुलासा


  • 365
    Shares

    बूढानीलकण्ठमा  घर भाडामा लिएर सुन प्रशोधन गर्ने गरेको खुलासा
    images

    काठमाडौं । तस्करहरूले काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध धन्दा चलाउने गरेको खुलेको छ । साढे दुई तले सो घरबाट प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकहरूलाई पक्राउ समेत गरेको छ ।

    नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो घरमा छापा मारेको थियो । प्रहरीहरू पुग्दा सुन गाल्ने काम भइरहेको थियो । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा केहीबेर धक्कामुक्कीसमेत भएको स्रोतले बतायो ।

    प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घर खातलासी गर्दा सुन गाल्ने, गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने उपकरणहरू समेत बरामद भएको छ ।

    प्रहरीका एक उच्च अधिकारीले भने, ‘उनीहरूले ठोस र तरल दुवै स्वरूपमा सुन ल्याउने र आवश्यकताअनुसार विभिन्न आकारमा ढालेर सप्लाई गर्ने गरेको पाइएको छ ।’ ती चिनियाँ नागरिकहरूले च्यानल गेट र सीसीटीभी समेत जडान गरेर व्यवस्थित रूपमा बसेर सुन प्रशोधनको काम गर्दै आएको प्रारम्भिक विवरणबाट देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

    उनीहरूले सुन कुन नाकाबाट ल्याउने गरेका थिए, कसलाई आपूर्ति गर्थे र यसमा अरू व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ । बरामद सुनको वास्तविक परिमाण र गुणस्तर समेत यकिन गर्न प्रहरीले गुणस्तर तथा नापतौल विभागका कर्मचारी र सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा जाँच गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - ०९:३८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij