२०८३ आश्विन २३ गते शुक्रवार
पोखरा । पोखरामा स्कूल बस दुर्घटनामा परेको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।
कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएको प्रहरीले जानकारी दिएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ । पोखराका एसपी नविन कार्कीका अनुसार ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । उनले पनि तीनजनाको मृत्यु भएको जानकारी दिए ।
घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij