Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

कांग्रेस महाधिवेशनः बिहानैदेखि सुरु हुँदैछ मतदान, कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

कांग्रेस महाधिवेशनः बिहानैदेखि सुरु हुँदैछ मतदान, कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?


  • 421
    Shares

    कांग्रेस महाधिवेशनः बिहानैदेखि सुरु हुँदैछ मतदान, कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
    images

    काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ।  शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि मतदान समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ। 

    मतदान बिहीबार बिहानदेखि नै सुरु गर्ने भनिएका थियो। तर, मौसममा आएको खराबी र तयारी पूरा नभएको भन्दै पटकपटक सयम सारिएको निर्वाचन कार्यक्रम शुक्रबार बिहानबाट सुरु हुने  निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। 

    उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने कटुवालले बताए। कांग्रेस महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ छ। 

    कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने?

    निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

    राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
    खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
    हिमाल हल — गण्डकी प्रदेश
    तराई–मधेस हल — मधेश प्रदेश
    पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

    निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - ०६:५३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij