Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, यात्रु हिजोदेखि लाइनमा

आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, यात्रु हिजोदेखि लाइनमा


  • 393
    Shares

    आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, यात्रु हिजोदेखि लाइनमा
    images

    काठमाडौं । दसैँको अग्रिम टिकट खुल्नुअघि हिजो बेलुकी देखि नै काठमाडौंको नयाँ  बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि आज (शुक्रबार)देखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।

    दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा गएरातिदेखि नै यात्रुको लामो लाइन लागेको छ । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले हिजो राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिएका छन् ।

    मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु हिजो रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ । 

    फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडी तथा लामो/मध्यम दूरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला हुनेछ । 

    चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोकाजस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने भएको छ । 

    यात्रुहरूलाई ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष राखिने भएको छ ।  

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

    वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारीसाधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनले बताएका छन् । 

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - ०६:४४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij