Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

बालेनको ‘कोर टिम’ भन्दै सरकारी कार्यालयमा धम्क्याउने पक्राउ

बालेनको ‘कोर टिम’ भन्दै सरकारी कार्यालयमा धम्क्याउने पक्राउ


  • 400
    Shares

    बालेनको ‘कोर टिम’ भन्दै सरकारी कार्यालयमा धम्क्याउने पक्राउ
    images

    काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विभिन्न सरकारी कार्यालय तथा उच्च पदस्थ व्यक्तिहरूलाई फोन र म्यासेजमार्फत धम्की दिने एक जनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर ४ कपन बस्ने सीताराम श्रेष्ठ रहेका छन्। 

    श्रेष्ठले आफूलाई बालुवाटारको कोर टिमको मानिस तथा ‘जेनजी’ भन्दै विभिन्न सरकारी कार्यालयहरूलाई धम्कीपूर्ण भाषा प्रयोग गरी फोन र म्यासेज गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार उनलाई काठमाडौँको कपनबाट नियन्त्रणमा लिएको हो। 

    पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - २१:५३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij