Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिएर पोखरामा दुईजनाको मृत्यु

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिएर पोखरामा दुईजनाको मृत्यु


  • 120
    Shares

    घरको जग खन्ने क्रममा ढिस्कोले पुरिएर पोखरामा दुईजनाको मृत्यु
    images

    पोखरा । पोखरा महानगरपालिका–१८, अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ ।

    अधेरीकुनास्थित एक घरको जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुईजना माटोको ढिस्को खसेर पुरिएका थिए ।

    माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा साँझ ५:०४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

    त्यसैगरी गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाललाई पनि उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - २०:४०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij