२०८३ आश्विन २२ गते बिहिवार
काठमाडौं । चीनबाट खरिद गरी काठमाडौँ लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ ।
बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले सडकखण्डमा क्षति पुर्याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो।
सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठुला सवारीसाधनसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने भएपछि व्यवसायीले फल निःशुल्क वितरण गरेका हुन्।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij