Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

कांग्रेस महाधिवेशनमा २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

कांग्रेस महाधिवेशनमा २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


  • 246
    Shares

    कांग्रेस महाधिवेशनमा २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
    images

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा बुधबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। 

    कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता गरिएको थियो। आज उम्मेदवारी फिर्ता लिने, उम्मेदवारको नाम सच्याउने र मतदाता नामावलीमा नाम छुटेको भए सच्याउने समय तोकिएको हो। 

    बुधबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता ल्याउन तथा मतदाता नामावली सच्याउने सक्ने समय तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। 

    कांग्रेस महाधिवेशन सुरु भएको चार दिन भएको छ। आज बन्दसत्र पनि सञ्चालन गरिँदै छ। बन्दसत्रबाट सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चार प्रतिवेदन पारित गर्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ।   

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १२:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij