Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

तीन महिनापछि संवैधानिक इजलासमा न्यायाधीश फुयाल

तीन महिनापछि संवैधानिक इजलासमा न्यायाधीश फुयाल


  • 743
    Shares

    तीन महिनापछि संवैधानिक इजलासमा न्यायाधीश फुयाल
    images

    काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले तीन महिनापछि संवैधानिक इजलासमा न्यायाधीश हरि फुयाललाई राखेका छन्। 

    आफू प्रधानन्यायाधीश भएपछि एक पटक मात्रै संवैधानिक इजलासमा न्यायाधीश फुयाललाई राखेका प्रधानन्यायाधीश शर्माले तीन महिनापछि बुधबार फुयालसहितको इजलास गठन गरेका हुन्।

    बुधबारको संवैधानिक इजलासमा शर्मा र फुयालसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान छन्। गएको असार ३१ गतेपछि फुयाललाई पहिलो पटक संवैधानिक इजलासमा बोलाइएको हो। 

    प्रधानन्यायाधीश शर्माले वरिष्ठताका आधारमा नराखि आफूखुशी संवैधानिक इजलास गठन गरेको भन्दै नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन्।

    बुधबार पनि वरिष्ठताका आधारमा भने संवैधानिक इजलास गठन भएको छैन। फुयाललाई बोलाइए पनि कुमार रेग्मीलाई अलग गरिएको छ। रेग्मी अर्को संयुक्त इजलासमा छन्।

    बुधबारको संवैधानिक इजलासमा फुयाललाई समेत राखिए पनि इजलास भने नबस्ने भएको छ। आज संवैधानिक इजलास नबस्ने जानकारी आफूहरूलाई गराइएको वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए। यसको कारण भने थाहा नभएको उनको भनाइ छ। सर्वोच्च अदालतको वेवसाइटमा पनि बेन्च नबसेको जनाइएको छ। 

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १२:३९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij