Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने

नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने


  • 407
    Shares

    नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
    images

    काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ ।

    अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ ।

    नेपाली सेना र संस्थानबीच भएको सम्झौताअनुसार सेनाका ब्यारेकलाई अब दैनिक १० हजार २ सय ५१ लिटर (वार्षिक ३७ लाख ४१ हजार ५०६ लिटर) प्रशोधित दूध आपूर्ति हुनेछ ।

    यसैगरी, सम्झौतामा उल्लेख भएबमोजिम सेनालाई दैनिक ३ सय ६५ किलो (वार्षिक १ लाख ३३ हजार ५ सय २२ किलो) दही, दैनिक ३७ किलो (वार्षिक १३ हजार २ सय ४० किलो) पनिर, दैनिक २१ किलो (वार्षिक ७ हजार ४४१ किलो) होल मिल्क पाउडर र दैनिक १५ किलो (वार्षिक ५ हजार २७८ किलो) चिज आपूर्ति गरिनेछ ।

    यो खरिद सम्झौतापत्रमा नेपाली सेनाको तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीको तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १२:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij