Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

मौसम पूर्वानुमान

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान


  • 120
    Shares

    यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
    images

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको पूर्वानुमान रहेको छ । 

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती,  गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । 

    कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली क्षेत्रका साथै देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा साथै कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । 

    मधेस, कोसी, वामग्मती, गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा  तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ । कोसी, मधेस, वाग्मती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमीवायुको आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ०७:०५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij