Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

आर्थिक साझेदारी बलियो बनाउन अर्थमन्त्री वाग्ले अमेरिका पुगे

आर्थिक साझेदारी बलियो बनाउन अर्थमन्त्री वाग्ले अमेरिका पुगे


  • 309
    Shares

    आर्थिक साझेदारी बलियो बनाउन अर्थमन्त्री वाग्ले अमेरिका पुगे
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उनलाई कार्यवाहक राजदूत शरदराज आरनसहित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा द्विपक्षीय आर्थिक सहयोग, पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट बाहिरिने प्रक्रिया तथा नेपालका आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ।

    भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद्पछिको उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।   

    यस्तै सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधारमा लगानी बढाउँदै रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयलाई भ्रमणमा प्राथमिकता दिइनेछ। वाग्लेले अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारी तथा अमेरिकी निजी क्षेत्रका लगानीकर्तासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १३:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij