Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

वरिष्ठ पत्रकार हरि लम्सालको निधन


  • 757
    Shares

    वरिष्ठ पत्रकार हरि लम्सालको निधन
    images

    काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि फोक्सोको उपचार गराइरहेका थिए ।   
        
    स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।  

    यसैबीच, नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली पत्रकारितामा लम्सालले ५० वर्षभन्दा बढी समय क्रियाशील रही उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएको दाहालले बताएका छन् ।

    प्रकाशित मिति :आश्विन १७ २०८३ शनिवार - १४:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij