Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

आज कहाँ–कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

आज कहाँ–कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • 743
    Shares

    आज कहाँ–कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान
    images

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले बताएको छ । 

    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । 

    कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

    मधेस प्रदेशलगायत कोसी र वाग्मती प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा देशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । 

    तराई भूभागमा हुस्सु लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

    प्रकाशित मिति :आश्विन १७ २०८३ शनिवार - ०७:०५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij