Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

सिंह, श्रेष्ठ र मैनाली प्राविधिक सचिवमा बढुवाका लागि सिफारिस

सिंह, श्रेष्ठ र मैनाली प्राविधिक सचिवमा बढुवाका लागि सिफारिस


  • 904
    Shares

    सिंह, श्रेष्ठ र मैनाली प्राविधिक सचिवमा बढुवाका लागि सिफारिस
    images

    काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सह-सचिवको नाम सिफारिस गरेको छ। 

    शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सचिव बढुवाका लागि नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा सिंह, दोस्रोमा श्रेष्ठ र तेस्रोमा मैनाली छन्। 

    सिंह लगानी बोर्ड, श्रेष्ठ र मैनाली पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्। सचिव बढुवाका लागि सिफारिस सिंह नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जलविद्युत उप-समूहका हुन्। 

    श्रेष्ठ खानेपानी (स्यानिटरी) उपसमूह र मैनाली भवन (बिल्डिङ एन्ड आर्किटेक्ट) उपसमूहका हुन्। आगामी मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एक जनालाई सचिव बढुवा गर्नेछ। सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त छ। त्यस्तै, जल तथा ऊर्जा आयोगमा पनि प्राविधिक सचिव पद रिक्त रहेको छ। 

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १९:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij