Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित


  • 659
    Shares

    प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित
    images

    काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म चलेको अधिवेशन १४५ दिनपछि सम्पन्न भएको हो।

    अधिवेशनका क्रममा ६२ दिनमा प्रतिनिधि सभाका ६८ वटा बैठक बसेका थिए। समापन समारोहमा सभामुख डोलप्रसाद अर्यालले यस अवधिमा संसद्ले १२ वटा विधेयक पारित गरेको जानकारी दिए।

    सभामुख अर्यालले अधिवेशनका क्रममा विपद् व्यवस्थापनलगायत जनसरोकारका महत्वपूर्ण विषयमा प्रतिनिधि सभाले गम्भीर भूमिका निर्वाह गरेको बताए।

    संसद् सचिवालयका अनुसार वैशाख २८ गते सुरु भएको दोस्रो अधिवेशन असोज १६ गतेसम्म सञ्चालन भएको थियो। अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल तथा निर्णयका साथै समसामयिक र जनसरोकारका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।  

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १७:५८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij