Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

रिसाउने बानी घरको खोपामा राख्नुस् : केपी ओली

रिसाउने बानी घरको खोपामा राख्नुस् : केपी ओली


  • 631
    Shares

    रिसाउने बानी घरको खोपामा राख्नुस् : केपी ओली
    images

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई व्यक्तिगत रिसराग र खराब आचरण त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन दिएका छन्।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले नेताहरूको आचरण पार्टीको पहिचानसँग जोडिने बताए। उनले पार्टीले दिएको जिम्मेवारी पूर्ण क्षमताका साथ पूरा गर्न नवनियुक्त केन्द्रीय सदस्यहरूलाई आग्रह गरे।

    ओलीले एमालेका नेताहरू नमुनायोग्य र अनुकरणीय बन्नुपर्नेमा जोड दिँदै गलत बानी तथा आचरण नअपनाउन आग्रह गरे। उनले भने, ‘मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन, रिसाउने बानी घरको खोपामा राख्नुस्।’

    उनले पार्टीले कहिलेकाहीँ धक्का व्यहोर्न सक्ने भए पनि त्यसबाट पुनः उठेर अघि बढ्न सकिने बताए। एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्ने भन्दै ओलीले नेताहरूले आफ्नो व्यवहार र बानी सुधार्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा ओलीले असोज पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकबाट मनोनीत ३३ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ लिनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्यलगायत रहेका छन्।

    त्यस्तै, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्रीलगायतले पनि केन्द्रीय सदस्यको शपथ लिएका छन्।

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १७:०८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij