Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

करदाता प्रोत्साहन उपहारमा लालबाबु साहले जिते १० लाख

करदाता प्रोत्साहन उपहारमा लालबाबु साहले जिते १० लाख


  • 715
    Shares

    करदाता प्रोत्साहन उपहारमा लालबाबु साहले जिते १० लाख
    images

    काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार सार्वजनिक गरेको छ। पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

    आन्तरिक राजस्व विभागका अनुसार कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिल उपहारका लागि छनोट भएको हो। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरूको उपस्थितिमा बम्पर उपहार घोषणा गरिएको थियो।

    उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले कानुलाई फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

    विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमार्फत बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहारका लागि योग्य भएका थिए। तीमध्ये नगद कारोबारका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डमार्फत भएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार रहेका छन्।

    यसैगरी सो अवधिका दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेतासमेत विभागले घोषणा गरेको छ।

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १६:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij