Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

बागमती नीति आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ

बागमती नीति आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ


  • 575
    Shares

    बागमती नीति आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ
    images

    काठमाडौं । बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका तथा सदस्यहरू डा. दीपकविक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवरसिंह थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

    नवनियुक्त उपाध्यक्ष रोका राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका व्यक्ति हुन् । उनले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

    उनीसँग सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव रहेको छ । यस्तै, उनले यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रूपमा काम पनि गरेका थिए ।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १५:२३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij