२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । काठमाडौंमा प्रहरीले अपराध रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्विप अपरेसन चलाएको छ।
बिहीबारबाट शुक्रबार बिहान ६ बजेसम्म गरिएको अपरेसनबाट २५० जना विभिन्न कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्। पक्राउ पर्नेमा २२७ पुरुष र २३ महिला रहेका छन्।
यसमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका १३ जना पक्राउ परेका छन्। यस्तै गत वर्ष जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक जना र चालु मुद्दाका फरार प्रतिवादी तीन जना पनि पक्राउ परेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij