Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

‘एनर्जी भ्याम्पायर’ले २० प्रतिशतसम्म बिजुली खपत गर्छ : ऊर्जामन्त्री श्रेष्ठ

‘एनर्जी भ्याम्पायर’ले २० प्रतिशतसम्म बिजुली खपत गर्छ : ऊर्जामन्त्री श्रेष्ठ


  • 645
    Shares

    ‘एनर्जी भ्याम्पायर’ले २० प्रतिशतसम्म बिजुली खपत गर्छ : ऊर्जामन्त्री श्रेष्ठ
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले घर तथा कार्यालयमा प्रयोग नभए पनि विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा कुल विद्युत खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा खर्च हुनसक्ने अध्ययनले देखाएको बताए । 

    मन्त्री श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरणबाट निरन्तर हुने यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको उल्लेख गर्दै विद्युतको मितव्ययी प्रयोग गर्न आग्रह गरे । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेपालमा विद्युत उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै प्रत्येक घरमा हुने सानो परिमाणको अनावश्यक विद्युत् खपतले समग्र विद्युत प्रणालीमा ठूलो प्रभाव पार्न सक्ने बताए । 

    विद्युतको अनावश्यक खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने बताउँदै उनले विद्युत आपूर्तिमा समस्या हुँदा उपभोक्ताले नै त्यसको असर भोग्नुपर्ने भएकाले जनचेतनामार्फत विद्युतको सदुपयोगमा जोड दिनुपर्ने बताए । मन्त्री श्रेष्ठले विद्युत्को मितव्ययी प्रयोग आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयमा समेत लागू गर्नुपर्ने बताए । उनकाअनुसार राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय, प्रदेश र संघीय सरकारका प्रशासनिक निकायसँग समन्वय भइरहेको छ ।

    उर्जामन्त्री श्रेष्ठले भने,हरेक घरमा मल्टिप्लग छन् । मल्टिप्लगमा चार्जर जोडेर छोड्ने, टिभी स्ट्यान्डबाइमा राख्ने लगायतका कारणले मात्रै पनि ५ देखि २० प्रतिशतसम्म विद्युत् खपत हुने अध्ययनहरू छन् । यसलाई ‘एनर्जी भ्याम्पायर’ अथवा ‘फ्यान्टम एनर्जी’ भनिन्छ । यसबारे खोजेर पनि हेर्न सकिन्छ । मैले कसैलाई ‘यो नचलाउनुहोस्’ भनेको होइन । हाम्रो उद्देश्य ट्रान्सफर्मरको लोडलाई केही कम गर्नु हो । ‘किन बत्ती छैन रु’ भनेर हामीले गुनासाहरू पनि पाइरहेका छौँ । त्यसैले जनचेतनाका रूपमा विद्युतको सदुपयोग गरौँ भन्ने मेरो आग्रह हो । खेर गइरहेको विद्युत् किन खेर जान दिने रु त्यसले ट्रान्सफर्मरमा अनावश्यक लोड बढाउँछ । 

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १३:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij