Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ सदस्यीय टिम

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ सदस्यीय टिम


  • 624
    Shares

    प्रधानमन्त्री बालेनको सचिवालयमा २५ सदस्यीय टिम
    images

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा रहेका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयका सदस्यहरूको विवरण सार्वजनिक गरेको छ ।

    शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री शाहको सचिवालयमा चार जना सल्लाहकार, एक जना विज्ञ र २० जना स्वकीय गरी कुल २५ सदस्य रहेका छन् । सचिवालयमा रहेका तीन जना पदाधिकारीलाई मन्त्रीसरहको सुविधा तोकिएको छ ।

    मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई मन्त्रीसरहको सुविधा दिइएको छ । अग्रवाल भने अवैतानिक स्वास्थ्य सल्लाहकारका रूपमा कार्यरत छन् । त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ ।

    सार्वजनिक विवरणअनुसार सुवास शर्मा प्रमुख स्वकीय सचिव, नवीन भण्डारी स्वकीय सचिव तथा सञ्जीव पाण्डे र दिपा दाहाल स्वकीय सहसचिवका रूपमा रहेका छन् । दाहालले प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक र विश्व राई सामाजिक विकास विज्ञका रूपमा रहेका छन् ।

    उनीहरूलाई राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीसरह सुविधा उपलब्ध गराइने कार्यालयले जनाएको छ । शाह गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    zd.jpg

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १३:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij