Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

धौलीगंगा बाँधका ढोका ४८ घण्टा खुल्ने, महाकाली किनारमा सतर्कता

धौलीगंगा बाँधका ढोका ४८ घण्टा खुल्ने, महाकाली किनारमा सतर्कता


  • 631
    Shares

    धौलीगंगा बाँधका ढोका ४८ घण्टा खुल्ने, महाकाली किनारमा सतर्कता
    images

    काठमाडौं । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ ।

    आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको हो।

    बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

    बाँधका ढोका बन्द गरिएपछि पनि केही समय महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

    darchula.jpg

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १२:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij