Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

संसद बजेट माग्ने होइन, ढुकुटी भर्ने नीति बनाउने थलो बन्नुपर्छ: सांसद लामिछाने

संसद बजेट माग्ने होइन, ढुकुटी भर्ने नीति बनाउने थलो बन्नुपर्छ: सांसद लामिछाने


  • 540
    Shares

    संसद बजेट माग्ने होइन, ढुकुटी भर्ने नीति बनाउने थलो बन्नुपर्छ: सांसद लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भुमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सिमित हुन नहुने बताएका छन् । 

    शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक भएपनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर हुन आवश्यक रहेको औँल्याए। उनले भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रितिर्ने भन्दै नीति निर्माण तहमा बस्नेहरूको जिम्मेवारी ढुकुटी जोगाउने र भर्ने हुनुपर्ने बताएका छन् ।

    आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने प्रक्रियामा मात्र सिमित नराख्न उनले आग्रह गरेका छन् । उनकाअनुसार आगामी संसद अधिवेशन उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवद्र्धन गर्ने ठोस नीति तर्जुमा गर्ने केन्द्र बन्नुपर्छ ।

    उनले भने, ’हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ ।’

    एउटा योजना माग्दा निर्वाचन क्षेत्रका केही मानिस खुशी भएपनि अर्थतन्त्र बलियो बनाउने नीतिले सिङ्गो देश र भावी पुस्ता लाभान्वित हुने उहाँको तर्क छ । अतः अबको संसदीय प्राथमिकतामा राष्ट्रिय ढुकुटी भर्ने वातावरण निर्माण गर्ने नीति नै मुख्य एजेण्डा बन्नुपर्नेमा लामिछानेको जोड छ । 

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १२:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij