Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु

बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु


  • 792
    Shares

    बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु
    images

    काठमाडौं । कपिलवस्तुमा बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको छ। 

    शिवराज नगरपालिका–१ चोरखोलामा ना.६.प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस आज बिहान आफसमा ठोक्किएका हुन्। 

    दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन्। घाइते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

    मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - ११:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij