Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

पर्साको ठोरीमा हात्ती आतंक, भाग्ने क्रममा दुई जना घाइते

पर्साको ठोरीमा हात्ती आतंक, भाग्ने क्रममा दुई जना घाइते


  • 1.1K
    Shares

    पर्साको ठोरीमा हात्ती आतंक, भाग्ने क्रममा दुई जना घाइते
    images

     काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा-४ मा जंगली हात्तीले आतंक मच्चाएको छ ।

    पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको हात्तीले ठोरी गाउँपालिका-४ मा आतंक मच्चाउने गरेको कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिए ।

    गएराति गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काउन खोजेपछि भाग्ने क्रममा दुई जना घाइते भएको पाख्रिनले जानकारी दिए ।

    उनका अनुसार घाइते हुनेमा ठोरी गाउँपालिका-४ का ७२ वर्षीया पाँचमाया स्याङ्बो र उनकी नातिनी रहेका छन् । रातिको समयमा हात्ती सिधै घरतिर आएको देखेपछि सुरक्षाका लागि भागेर छिमेकीको घरमा जानेक्रममा उनीहरू घाइते भएको उनले बताए ।

    उनले भने, ‘हात्तीले उनीहरूलाई पछ्याउँदै गएको रहेछ । उनीहरू छिमेकीको घरमा पस्ने क्रममा हात्तीले घरको पाली नै फाल्दा हजुरआमा र नातिनी घाइते भएका हुन् ।’

    गएराति मात्रै दुई पटकसम्म हात्ती गाउँ छिरेको उनको भनाइ छ । हात्तीले स्थानीयको एउटा घर समेत भत्काएको छ । घर भत्काएर भण्डारण गरी राखेको खाद्यान्न तथा उखुबालीमा क्षति गरेको पाख्रिनले बताए ।

    गाउँपसेर उपद्रो मच्चाउने जंगली हात्ती अत्यन्तै उग्र र आक्रामक अवस्थामा देखिएको उनले बताए । पछिल्लो केही दिनयता रातको समयमा जंगली हात्ती गाउँपसेर उपद्रो मच्चाउँदा जनजीवन त्रसित बनेको उनले बताए ।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - ११:१७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij