Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ


  • 372
    Shares

    नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
    images

    काठमाडौं। परीक्षामा पास गराइदिने प्रलोभन देखाई नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ।

    साथै, फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाई पटक–पटक यौनजन्य गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।

    प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो। रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

    प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल राउतका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। आरोप पुष्टि हुन भने अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा हुन बाँकी छ।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १०:१३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij