Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस

जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस


  • 323
    Shares

    जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस
    images

    काठमाडौं । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ । 

    बुधबार उपसमितिले नीतिगत र कानुनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । उपसमितिले जेनजी आन्दोलनमा सहभागीहरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिस गरेको छ ।

    २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पुर्पक्षका लागि थुनामा रहेकाहरू मध्ये गम्भीर अपराधमा संलग्न बाहेक अरूको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न उपसमितिले सिफारिस गरेको हो । सिफारिसबारे समितिले छलफल पनि सरकारलाई निर्देशन दिनेबारे निर्णय लिनेछ । 

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १६:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij