Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारीमा सरकार

नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारीमा सरकार


  • 386
    Shares

    नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारीमा सरकार
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा सरकार अघि बढिरहेको बताएका छन्। उनले कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको जानकारी दिएका हुन्।

    बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्। छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाका अनुसार प्रधानमन्त्रीले मल कारखाना खोल्नका लागि छिट्टै प्रस्ताव आह्वान गरिने बताएका थिए।

    प्रधानमन्त्री शाहले रासायनिक मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले प्राथमिकता दिने बताए। यस्ता आयोजना अघि बढाउन आवश्यक सहुलियत उपलब्ध गराउने योजनाबारे पनि उनले सांसदहरूलाई जानकारी गराएका थिए।

    वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक गरिसकेको छ। त्यसका लागि आवश्यक नीतिगत, कानुनी तथा भन्सार सुधार गर्ने विषयसमेत प्रतिबद्धतामा उल्लेख छ। विगतका सरकारले बजेटमार्फत मल कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि परियोजना अघि बढ्न सकेको छैन।

    बुधबार भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले बाढी–पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदको भूमिका र सरकारसँग गर्न सकिने समन्वयबारे धारणा राखेका थिए।

    शाहले औद्योगिकीकरण तथा देश विकासका लागि नयाँ सोच र ठोस योजना अघि सार्न सांसदहरूलाई आग्रह गरेका थिए। नयाँ नीति वा योजनासम्बन्धी प्रस्ताव भए प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने र त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग आफूले सहज रूपमा भेट गर्ने आश्वासनसमेत उनले दिएका थिए।

    प्रधानमन्त्रीले विद्युत् उत्पादनसँगै त्यसको खपत बढाउने विषयमा पनि सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाह सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन्।

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १५:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij