Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

चाडपर्वमा यात्रुलाई सहज, भाडादर अब अनलाइनमै

चाडपर्वमा यात्रुलाई सहज, भाडादर अब अनलाइनमै


  • 365
    Shares

    चाडपर्वमा यात्रुलाई सहज, भाडादर अब अनलाइनमै
    images

    काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै यातायात व्यवस्था विभागले यात्रुहरुको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

    यसअघि विभागको वेबसाइटमा पिडिएफ  फाइलमा मात्र लामो सूचीसहितको भाडादर राखिने गरिएकोमा अब भने सेवाग्राहीले अनलाइनमै सहजै सर्च गरेर (खोजेर) आफ्नो गन्तव्यको भाडा हेर्न सक्ने भएका हुन् । विभागका निर्देशक मणिराम भुसालका अनुसार गत असारमै समायोजन भएको भाडादरलाई सर्वसाधारणले सजिलै बुझ्ने र हेर्न सक्ने गरी आइटी शाखामार्फत वेबसाइटमा डिजिटल प्रणालीमा राखिएको हो ।

    विभागको वेबसाइटमा गएर ‘भाडा दर खोजी’ विकल्पमा क्लिक गरी आफ्नो प्रस्थान बिन्दु र गन्तव्य (जस्तैः काठमाडौँदेखि पोखरा) छानेपछि यात्रुले सजिलै तोकिएको आधिकारिक भाडादर थाहा पाउन सक्नेछन् । हाल वेबसाइटमा सरकारले स्वीकृत गरेका देशभरका मुख्य राजमार्गका रुटहरूको भाडादर राखिएको छ ।

    निर्देशक भुसालले भने, ‘वेबसाइटमा स्वीकृत सबै रुटहरुको भाडादर राखिएको छ । यदि कुनै ठाउँको अपडेट गर्न बाँकी रहेको भए आजै प्रशासन र आइटी शाखालाई निर्देशन दिएर देशभरका सबै एप्रुभ्ड रुटहरुको भाडादर अद्यावधिक गरिनेछ ।’

    दशैँ, तिहार, छठजस्ता चाडपर्वको समयमा यात्रुहरू ठगिने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने गुनासो बढी आउने गर्छ । यो डिजिटल प्रणालीले अब सेवाग्राहीलाई कुन ठाउँको भाडा कति छ भनेर मोबाइलबाटै यकिन गर्न सहज बनाउनेछ । 

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १५:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij