Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला


  • 176
    Shares

    जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
    images

    काठमाडौं । जिल्ला अस्पताल डोटीको शौचालयमा एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् । अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका–६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराका अनुसार, बोगटी शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । 

    उनले भने, “शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो । उनलाई अचेत अवस्थामा उद्धार गरियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरे ।” 

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १५:११:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij