२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । धनकुटामा अलकत्रा तताउने क्रममा गाडीमा आगलागी भएको छ।
धनकुटाको चौबिसे गाउँपालिका-६ धाराचोकस्थित रवि(राँके(भेडेटार सडक खण्डमा अलकत्रा तताउने क्रममा गाडीमा आगलागी भएको प्रहरीले जनाएको हो।
बुधबार बिहान एपको इन्फ्राटेक प्रालि निर्माण कम्पनीको यूपी ४२ बीटी ६९२५ नम्बरको गाडीमा अचानक आगो लागेको धनकुटाका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन्।
इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले आगो पूर्णरूपमा नियन्त्रणमा लिइसकेको छ। आगलागीबाट गाडीमा पूर्ण रूपमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij