२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको सन्धिखर्कस्थित घरमा निधन भएको महासचिव मनोज भट्टले जानकारी दिएका छन् ।
क्षेत्रीको दुई वर्षदेखि काठमाडौंको सुरेश वाग्ले र हेम्पसमा उपचार भइरहेको थियो । क्यान्सर अन्तिम चरणमा रहेकाले चिकित्सकले घर लैजान सल्लाह दिए अनुसार एक हप्ता अगाडि उनलाई सन्धिखर्क–१० स्थित घरमा लगिएको थियो ।
क्षेत्रीका दुई छोरा र श्रीमती छन् । २०३८ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहेका उनी २०७६ सालमा भएको जनमोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij