Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत् व्यवस्थापनमा सरकारको गृहकार्य

भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत् व्यवस्थापनमा सरकारको गृहकार्य


  • 407
    Shares

    भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत् व्यवस्थापनमा सरकारको गृहकार्य
    images

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि सरकारले वैकल्पिक आपूर्ति व्यवस्थापनको तयारी थालेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत् आपूर्ति अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा थप चाप परेको छ। वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अघि बढाएको छ भने नेपाल विद्युत् प्राधिकरणले यसका लागि छुट्टै टास्क फोर्स बनाएर काम गरिरहेको छ।

    यसैबीच, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् माग व्यवस्थापन गर्न थप भूमिगत ग्रिड निर्माण गर्ने विषयमा मन्त्रालयले सडक विभाग र काठमाडौं महानगरपालिकासँग छलफल गरेको छ। भूमिगत ग्रिड निर्माण तथा विद्यमान प्रणालीलाई थप विश्वसनीय बनाउने विषयमा निश्चित कार्यतालिकासहित समन्वय अघि बढाइएको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।

    छलफलमा सडक विभागले भूमिगत ग्रिड निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। काठमाडौं महानगरपालिकाले पनि फुटपाथभित्र भूमिगत तार व्यवस्थापनमा सहकार्य गर्ने जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित गर्दै हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक काम अघि बढाउने जनाएको छ।

    प्राधिकरणले काठमाडौंको लोड व्यवस्थापनका लागि टास्क फोर्समार्फत काम गरिरहेको जनाएको छ। हिउँदमा विद्युत् माग बढ्ने भएकाले आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन सम्बन्धित सबै निकायबीच उच्चस्तरीय समन्वय आवश्यक रहेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्। 

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - ११:३३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij