Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

जबरालाई प्रहरीले पक्राउ गरेको होइन, रेस्क्यु गरेको हो : सरकारका प्रवक्ता

जबरालाई प्रहरीले पक्राउ गरेको होइन, रेस्क्यु गरेको हो : सरकारका प्रवक्ता


  • 575
    Shares

    जबरालाई प्रहरीले पक्राउ गरेको होइन, रेस्क्यु गरेको हो : सरकारका प्रवक्ता
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जबरालाई सुरक्षा जोखिमका कारण प्रहरीले उद्धार (रेस्क्यु) गरेको बताएका हुन् ।

    मन्त्री पोखरेलका अनुसार जबराको परिवारले सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको थियो । त्यसकै आधारमा उनलाई सुरक्षित स्थानमा लगिएको उनको दाबी छ । जबराका तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबरामार्फत प्रहरीमा शान्ति सुरक्षाको व्यवस्था माग गर्दै निवेदन परेको पुष्टि यसअघि प्रहरी अधिकारीहरूले पनि गरेका छन्।

    ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो,’ मन्त्री पोखरेलले भने ।

    उनले जबरालाई सुरक्षा खतरा रहेको सूचना आएपछि सुरक्षित स्थानमा लगिएको बताए । उक्त खतरा जेनजी समूहबाट नभई अपरिचित समूहबाट आएको उनको दाबी छ ।

    पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले शनिबार राति निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो । प्रहरीले पनि उनलाई ‘सुरक्षा थ्रेट’का कारण सुरक्षित स्थानमा लगिएको बताउँदै आएको छ।

    जबरालाई कार्यालयमा राखिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्न खोज्दा प्रहरीले भेटघाट गर्न नदिएको थियो । यस विषयमा आयोगले अनुसन्धान अघि बढाउँदै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग बयानसमेत लिइसकेको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १६:४५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij