Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान

भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान


  • 442
    Shares

    भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान
    images

    काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि छवटा प्रदेशसँग सहयोगको आह्वान गरेको बताएका छन् । जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाबिपत्ति आएको र पुनर्निर्माणका लागि सात प्रदेशका मुख्य मन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताताएका हुन् । 

    भोटेकोशी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौँको सङ्ख्यामा मृत्यु भएको बताए । उनले भने “एक प्रदेशलाई पर्दा अर्को प्रदेशले सहयोग गर्नुपर्छ मुख्यमन्त्री भनेर प्रस्ताव राख्दा सबै प्रदेशका मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ ।” यही असोज २१, २२ र २३ गते सातवटै प्रदेशको मुख्यमन्त्रीहरूसहितको बैठक बस्न लागेको उनले जानकारी दिए । सोही बैठकमा बागमती प्रदेशले पूर्वाधार निर्माणका लागि प्रस्ताव राख्ने उनको भनाइ थियो ।

    बागमती प्रदेशका १५ वटा पालिका प्रभावित भएको भन्दै उहाँले त्यसबाहेकका १०४ वटा पालिकासँग पनि सहयोगका लागि आह्वान गरिएको बताए । चितवनका पालिका प्रमुखहरूसँग उनले भने, “प्रदेश सरकार पुनर्निर्माणतर्फ अग्रसर भएर लाग्दैछ । यसमा हामी सबै खटिन्छौँ । हातमा हात मिलाएर तपाईँहरूले साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु” । चितवन जिल्लाका सातवटा पालिकाले त्यहाँ कम्तीमा एउटा महत्त्वपूर्ण पुनर्निर्माणको काम गर्नेमा आफू आशावादी भएको बताए । 

    स्थानीय तहले प्रभावितहरूलाई अस्थायी बसोबास गराउनका लागि नयाँ ठाउँ खोजिसकेपछि पुनर्निर्माणका लागि भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्यचौकी, अस्पताल बनाउने कामहरूमा तीनै तहको सरकार मिलेर अघि बढ्ने उनले जानकारी  दिए । 

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १५:४५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij