Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

टिपरको ठक्करबाट बालिकाको मृत्यु

टिपरको ठक्करबाट बालिकाको मृत्यु


  • 736
    Shares

    टिपरको ठक्करबाट बालिकाको मृत्यु
    images

    काठमाडौं । धनुषामा टिपरको ठक्करबाट मंगलबार एक बालिकाको ज्यान गएको छ । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युु भएको हो ।

    प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १५:१८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij