Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

संसदीय विशेष समिति सभापतिमा गणेश पराजुलीको उम्मेदवारी

संसदीय विशेष समिति सभापतिमा गणेश पराजुलीको उम्मेदवारी


  • 477
    Shares

    संसदीय विशेष समिति सभापतिमा गणेश पराजुलीको उम्मेदवारी
    images

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल रास्वपाले मंगलबार दलका उपनेता गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    पार्टीको निर्णय बमोजिम पराजुलीले उम्मेदवारी दर्ता गराएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । पराजुलीको प्रस्तावकमा सांसद मोहन आचार्य छन् । समर्थकमा पुष्पराज कडेल, रमेशकुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डाँगी छन् । 

    समिति सभापति चयनका लागि बुधबार निर्वाचनको मिति सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा तोकेका थिए। सभामुख अर्यालका अनुसार समिति सभापतिको निर्वाचन बुधबार दिउँसो २ बजे हुनेछ । अर्को उम्मेदवारी नपरेको र समर्थकमा सबै दलका सांसद रहेकाले उनी सर्वसम्मत हुने निश्चितजस्तै छ। 

    भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै असोज ५ गते प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो। 

    समितिमा अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सिता थपलिया सदस्य छन्। 

     

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १४:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij