२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । ललितपुर महानगरपालिका-२,बल्खुस्थित बाग्मती खोलामा एक पुरुषको शव फेला परेको छ। आज बिहान स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै प्रहरी प्रभाग बल्खुबाट प्रहरी वरिष्ठ हवल्दारको कमान्डमा ४ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण, दक्षिणकाली ललितपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमान्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो।
हाल मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। घटनास्थलमा मुचुल्का उठाउनेलगायत आवश्यक प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij